समाचारसूचना प्रबिधिहेडलार्इन

जहानियाँ निरंकुश राणा शासनको अन्त्य भएको आज ‘फागुन ७ गते राष्टिय« प्रजातन्त्र दिवसको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईद्धारा शुभकामना

विराटनगर,koshipost.com

जनताको बलिदानीपूर्ण संघर्षमार्फत जहानियाँ निरंकुश राणा शासनको अन्त्य बढेको आज ‘फागुन ७ गते राष्टिय« प्रजातन्त्र दिवस । यस दिवसको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले शुभकामना दिएका छन् ।‘ दिवसको ऐतिहासिक दिनका अवसर न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।’


यस अवसरमा प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानिया व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्व आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ माग गरिन्छ । बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले यसको खास महत्व रहेको छ ।


मुख्यमन्त्री राईले एक सन्देश जारी गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवं समावेशी गराउन र सहिदहरुको सपना पुरा गर्न सबै मिलेर अघि बढ्न पनि आह्वान गरेका छन् । बाँकी उपलब्धीहरु प्राप्त गर्न पनि सबै मिल्नुपर्ने भन्दै मुख्यमन्त्री राईले इमान्दारिताको साथ लागि पर्न पनि आह्वान समेत गरेका छन् ।

बेग्ला बेग्लै परिघटना भएपनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको भन्दै राईले फागुन ७ गते प्रजातन्त्र दिवसको खास महत्व भएको पनि उल्लेख गरेका छन् ।
‘मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्व पनि छ । आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ मार्ग खुलेको दिनको रुपमा पनि स्मरण गरिन्छ,’ सन्देशमा भनिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button