समाचारसमाजहेडलार्इन

ईलाममा बस दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते


ईलाम,koshipos.com
ईलाम घुम्न आएको बस दुघटना हुँदा १ जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका १० स्थित मेची राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन्। मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ वर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना ४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकोछ । गम्भिर घाईते भएका ४० वर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि.अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाबारे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button