बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम शुरु

बराह,koshipost.com
सुनसरीको बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम शुरु भएको छ । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा शुक्रबार (आज) देखि २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम शुरु भएको हो । बराहक्षेत्र नगरका विभिन्न वडाबाट ३३ जनाले तालिममा सहभागीता रहेको सेन्टरका जिल्ला सचिव एबम तालिमका सम्योजक अच्युत भट्टराईले बताए ।
पहिलो दिन ठूलो मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएकोे सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए । ‘नया युवा पत्रकार उत्पादन गर्ने उद्देश्यले आधारभूत तालिमको आयोजना गरेका हौं । हामीले २० देखि २५ जनालाई तालिम दिने योजना बनाएका थियौ, तर पत्रकारिता पेशामा लाग्न युवहरु उत्साहित भएर हामीले सोचे भन्दा बढी आए त्यसैले हामीले छनौट गरेर ३३ जनालाई सहभागिता गराएका छौं ।’ जिल्ला अध्यक्ष एंव सहजकर्ता कार्कीले भने
बरहक्षेत्र –५ स्थित पिसफुल इङ्लिस बोर्डिङ स्कुलमा एक कार्यक्रम बिच तालिमको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथी रहेका थिए । माओवादी केन्द्र बराहक्षेत्र नगरका अध्यक्ष कमल बहादुर कटवाल विशेष अतिथी रहेको कार्यक्रममा नगरका उपाध्यक्ष शारदा खड्का, सचिव अमिक गौतम लगायतको उपस्थिती रहेको थियो ।
पहिलो दिनको तालिम निकै उपलब्धीमुलक भएको सहभागी तिर्थराज घिमिरेले बताए । यस अघि पनि सेन्टरले गत माघ (६ देखि १० गते सम्म धरानमा ५ दिने आधारभूत निःशुल्क पत्रकारिता तालिम संचालन गरेको थियो । सो तालिममा सहभागीता भएका प्रशिक्षार्थीहरु अहिले सुनसरीको विभिन्न मिडियामा कार्यरत रहेका छन् ।
