Uncategorizedसमाचारसूचना प्रबिधिहेडलार्इन

बराहक्षेत्रमा संचालित आधारभूत निःशुल्क पत्रकारिता र उद्घोषण तालिम सम्प


बराहक्षेत्र,koshipos.com

सुनसरीको बराहक्षेत्रमा संचालित आधाभूत निःशुल्क पत्रकारिता र उद्घोषण तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा संचालित निःशुल्क पत्रकारिता तालिम शनिबार सम्पन्न भएको हो ।

सबै क्षेत्रको जानकारी राख्दै जनताको आवाजलाई बुलन्द गर्नको लागि पत्रकारिता क्षेत्रमा लाग्न सहभागिहरुलाई प्रमुख अतिथी प्रेस सेन्टरका केन्द्रिय सदस्य अर्जुन शर्माले आग्रह गरे । विशेष अतिथी पुष्प ढुङ्गानाले उद्घोषण र पत्रकारिता एक अर्काका परिपुरक भएको बताउदै पत्रकारिता क्षेत्रमा लाग्न इच्छा शक्ति र लगावको आवश्यकता रहेको बताए । बिगतमा पत्रकारिता गर्न त्यति सहज नभए पनि ब्यबस्था परिबर्तनमा पत्रकारिताको ठूलो भुमिका रहेको केन्द्रीय सदस्य राजन केडिले बताए ।


प्रशिक्षक राजेस बिद्रोहिले सरकारलाई जनता प्रती उत्तरदायी बनाउन प्रेस जगतको ठूलो भुमिका रहेको बताए । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पत्रकारिता सम्बन्धी तालिम दिइनु पर्नेमा प्रशिक्षक बिद्रोहिले जोड दिए । माओवादी केन्द्र बराहक्षेत्र नगरका सचिव अमिक गौतमले सत्य(तथ्य र प्रमाण पुगेका समाचार लेख्ने हिम्मत गर्न प्रशिक्षार्र्थीरुलाई आग्रह गरेका छन् । २ दिने आधारभूत निःशुल्क पत्रकारिता र उद्घोषण सम्बन्धी तालिम अत्यन्तै उपलब्धीमुलक रहेको सहभागी दिलु गजमेरले बताईन ।


तालिमको पहिलो दिन ठूलो मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने आदि बारेमा जानकारी दिइएको सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए । दोश्रो दिन शनिबार समाचार के हो, समाचार कसरी लेख्ने, समाचारको बनोट, समाचारका श्रोतहरु के के हुन,पत्रकारिता भनेको के हो आदि बारेमा तालिम दिइएको अध्यक्ष कार्कीले बताए । समाचार लेखन र बोल्ने कलाको बिकास गर्दै ग्रामिण क्षेत्रमा नयाँ युवा प्रत्रकारहरु उत्पादन गर्ने उद्देश्यले आधाभुूत ालिमको आयोजना गरिएको सेन्टरका सचिव एबम तालिम संयोजक अच्युुत भट्टराईले जानकारी दिए ।


बरहक्षेत्र(५ स्थित पिसफुल इङ्लिस बोर्डिङ स्कुलमा कार्यक्रम सम्पन्न गरिएको थियो । तालिममा बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्मका ३३ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । यस अघि पनि सेन्टरले गत माघ(६ देखि १० गते सम्म धरानमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button