खेलकुदसमाचारहेडलार्इन

नेवा च्यारिटी १० के धरान रनमा जुम्लाका दुर्गा बहादुर र एपिएफकी पुष्पा भए विजेता (भिडियो सहित) )


धरान,koshipost.com
नेवा च्यारिटी १० के धरान रनमा जुम्लाका दुर्गा बहादुर र एपिएफकी पुष्पा बिजेता भएका छन् । १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गा बहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् ।

नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी पुरुषतर्फ दुर्गा बहादुरले ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् । जुम्ला स्थायी ठेगाना भएका बुढा हाल भारतीय सेनामा कार्यरत छन् ।


यस्तै, बाग्लुङका अनिश थापाले ३१ मिने ४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । उनी पनि भारतीय सेनामा कार्यरत छन् । यसैगरि, काठमाण्डौंका मुकेश पलले ३१ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।

महिलातर्फ प्रथम भएकी पुष्पाले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरिन् । उनी एपिएफकी खेलाडी हुन् । दोस्रो भएकी एपिएफकै फुलमति रानाले ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गरिन् भने तेस्रो भएकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पुरा गरिन् । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।

त्यसैगरी , अण्डर १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो भए भने महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भइन् । अण्डर १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए ।

महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भइन् । यस्तै, सुपर भेट्रानतर्फ धरानका इन्द्रबहादुर लिम्बु प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका थिए । अण्डर १६, अण्डर १२, भेट्रान लगायत स्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई नगद ७ हजार, ५ हजार र ३ हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button