खेलकुदसमाचारहेडलार्इन

झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा राष्ट्रिय खेलाडी मैदानामा


बिर्तामोड ,koshipsot.com

झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ । झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।


झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए । त्यस्तै, झापाको पोस्ट दिप कार्कीको जिम्मामा परेको छ । उनी राष्ट्रिय टोलीका सदस्य हुन् । झापाबाट अन्य खेलाडीहरुमा सी डिभिजन लिग खेलेका युवा खेलाडी रहेका छन् ।
यसैबीच, प्रतियोगितामा दुवै टिम सोझै क्वार्टर फाइनल खेल्न लागेका हुन् । आजको खेल अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । घरेलु दर्शको भरपूर समर्थनका साथका सिक्किमलाई स्तब्ध पार्दै अर्कोे चरण प्रवेश गर्ने झापा ११ को दाउ छ । विगतको संस्करणमा जस्तो यसपटक झापा ११ को सेट टिम नभए पनि सशक्त टिम निर्माण भएको गुरुङले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button