राजनीतिसमाचारहेडलार्इन

बराहक्षेत्रमा माओवादी केन्द्रको सुनगाभा टोलमा ठूलो टोल कमिटी गंठन


बराहक्षेत्र,koshipost.com

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहक्षेत्र नगर कमिटी अहिले टोल कमिटी निर्माणको अभियानमा होमिएको छ । सोही क्रममा शनिबार वराहक्षेत्र न पा ५ न. वडाको सुनगाभा टोलमा सबै भन्दा ठूलो टोल कमिटी गठन भएको नगर सचिब अमित गौतमले बताए ।


टोल कमिटी गठनका क्रम मा सुनगाभा टोलमा पुग्दा कमिटीमा रहन इच्छुक ब्याक्तीहरुको संख्या धेरै भए पछि ४५ सदस्यीय टोल कमिटी गठन गरिएको सचिब गौतमले बताए । टोल कमिटीको अध्यक्षमा कमरेड कमल श्रेष्ठ र सचिवमा कमरेड समीप नेपाली रहेका छन् ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर अध्यक्ष कमल बहादुर कटुवालले भने बराहक्षेत्रमा एमाले सरकारको काम देखेर जनता आजित भैसकेका छन् । सुनगाभा टोलमा ४५ सदस्यीय टोल कमिटी बन्नु भनेको माओवादी केन्द्र प्रतिको आकर्षण हो भन्ने हामीले बुझेका छौ अध्यक्ष कटुवालले बताए । उक्त टोल कमिटी गठनको कार्यक्रम संचालन माओवादी केन्द्रका युवा नेता सुरज बराइलिले गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button