समाचारसूचना प्रबिधिहेडलार्इन

लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरी जवानको मृत्यु , जिल्ला प्रशासन मोरङद्धारा कफ्र्यु आदेश


लेटाङ,kohipost.com

लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कफ्र्यु आदेश जारी गरेको छ । मोरङ जिल्लाको लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि (आज) सोमबार बिहान ७ बजेदेखि प्रशासन कार्यालय मोरङले कफ्र्यु आदेश जारी गरेको हो


प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै ७ बजेदेखि अर्कोे आदेश नभएसम्मको लागि कफ्र्यु आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कफ्र्यु घोषणा गरेको प्रजिअ दाहालले जानकारी दिए ।
लेटाङ नगरपालिका दक्षिण वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु लगाइएको सुचनामा उल्लेख गरिएको छ । अति आवश्यक काममा बाहेक हिडँडुल गर्नु नपाइने समेत सुचनामा भनिएको छ ।


यौन दुव्र्यवहारका आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जादा स्थानीयले प्रहरी टोलीमाथि आइतबार आक्रमण गरेको थियो । स्थानीयको आक्रमणमा परी प्रहरी उपरिक्षक (एसपी) जर्नादन जिसी सहित १८ जना प्रहरी घाईते भएको प्रहरीले जनाएको छ । यौन दुव्र्यवहारको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी जवान उर्मिला श्रेष्ठलाई घाँटीमा धारिलो हतियार प्रहार गरिएको थियो । गम्भिर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा आईतबार राती १० ः ५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको आरोपमा शिक्षक पौडेल पक्राउ परेका छन् ।


शिक्षक पौडेल निर्दोष भएको भन्दै पौडेललाई पक्राउ गर्न गएका प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेका थिए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले प्रहरी टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आरोप लागेका शिक्षकको मोटरसाईकल र एउटा एम्बुलेन्समा प्रहरी टोलीलाई आक्रमण गर्न आएका भिडले तोडफोड गरी क्षति पु¥याएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button