राजनीतिसमाचारहेडलार्इन

को हुन सक्छ ? वराहक्षेत्रमा माओवादी केन्द्रको मेयरको उमेदवार

[mashshare]

वराहक्षेत्र ,koshipost.com
स्थानीय तहको निर्वाचन नजिकिए सँगै उमेदवारहरुको चर्चा शुरु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का तर्फबाट मेयरको उमेदवारका लागी कमल बहादुर कटुवाल , नरेन्द्र बस्नेत ९भोला० , पुष्प ढुंगाना , राजन कटुवाल ,गणेश पाण्डे र अमित गौतमको नाम चर्चामा छ ।


चर्चामा रहेका कटुवाल २०७४ को स्थानीय निर्वाचनमा समेत मेयर पदमा लडिसकेका ब्यक्ति हुन । उनी हाल बराहक्षेत्र नगर कमिटीका अध्यक्ष समेत हुन । कटुवाल माओवादी केन्द्रमा पुरानो इतिहास बोकेका निडर र हक्की स्वभावका नेताको रुपमा परिचित छन् । भोला २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा सभासद पदका लागि चुनाव लडेका ब्यक्ति हुन् । हाल उनी प्रदेश १ को माओवादी केन्द्रका सदस्य हुन् ।


त्यस्तै पुष्प २०६४ को संविधान सभा निर्वाचनमा धनकुटाबाट समानुपातिक तर्फबाट सभासदका उमेदवार हुन् । हाल उनी प्रदेश न। १ का सदस्य रहेका छन् । पुष्प बराहक्षेत्रमा अध्ययनसिल नेताका रूपमा चिनिन्छ्न । प्रकाशपुर घर भएका राजन बिगतमा माओवादी केन्द्रको क्षेत्रीय समितिको अध्यक्ष समेत भएका ब्यक्ती हुन ।


हाल उनी प्रदेश १ को सदस्य रहेका छन् । पाण्डे वराहक्षेत्रमा माओवादी केन्द्रको हक्कि स्वभावका नेताको रुपमा चिनिन्छन । उनी भर्खरै सम्पन्न पार्टीको अधिवेशनमा बराहक्षेत्रको अध्यक्ष पदमा कटुवाल संग चुनाव लडेका थिए । पाण्डे माओवादी केन्द्रमा लामो इतिहास बोकेका नेता हुन । त्यस्तै युवा नेताको रुपमा चिएका अमित बराहक्षेत्रको पार्टी सचीव हुन् । उनी पछिल्लो समय राजनीति र सामाजिक काममा निकै सक्रिय छन् । अहिले युवा प्रती जनताको आकर्षण बढ्दै गएको हुदा पार्टीले बिश्वास गरेर आफुलाइ अगाडि बढाए पछि नहट्ने धारणा अमितले व्यक्त गर्दै आइरहेका छन् ।


बराहक्षेत्रमा अहिले माओवादी केन्द्रमा १२ स्य ८४ जना सक्रिय सदस्यता लिएका छन् । गत निर्वाचनमा ४ सय सक्रिय सदस्य रहदा मेयरका उमेदवार कमल बहादुर कटुवालले २ हजार ८ सय ५० मत प्राप्त गरेका थिए पहिलेको तुलनामा हाल पार्टी निकै राम्रो हुने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रले १ ,५ , १० र ११ नम्बर वडालाइ जित्न सकिने वडाको रुपमा लिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button