Uncategorizedसमाचारसूचना प्रबिधिहेडलार्इन

धरानमा आएका नयाँ प्रहरी नायव उपरिक्षक (डिएसपी) श्रेष्ठले लागुऔषध दुव्यर्शन नियान्त्रण गरी दोषीलाई कारबाही गर्ने (भिडियो सहित)

धरान,koshipost.com
सुनसरीको धरानको ईलाका प्रहरी कार्यालय समाल्न आएका नयाँ प्रहरी नायव उपरिक्षक इलाका प्रहरी प्रमुख बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँगको परिचयत्मक कार्यक्रममा यस्तो बताएको हो ।


धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यहाँ चोरी बढ्नुको कारण के होला ? जति पनि खुकुरी हान्छन्, चोरी गर्छन् । यसको कारण यहाँको युवाहरु दुव्यर्सनमा छन् । ड्रग्स खान पैसा चाहियो । कि चोर्नु पर्यो, लुट्नु पर्यो, पाकेट मार्नुपर्यो,’डिएसपी श्रेष्ठले भने,‘कारोबारी गर्ने क्षेत्र भोटेपुल, सब्जी मण्डी, बगरकोट पारि छ, मैले जानकारी लिइरहेको छुँ ।’

सिमित स्रोतसाधन र जनशक्ति अभावको बीचमा पनि प्रहरीले २४ सै घण्टा शान्ति सुरक्षा प्रदान गर्ने मुल उद्देश्य लिएर खटिएको डिएसपी श्रेष्ठले बताए । ‘साधन स्रोत सिमित छ, जनशक्ति सिमित छ । वडाको गाडी छ, ईलाकाको गाडी छ, हामीले सबै ठाउँ पुग्ने कोसिस गरिरहेका छौ,’उनले भने,‘हामीसँग भएको १६० जना प्रहरी प्रशासन, अनुसन्धान, कार्यालय सुरक्षादेखि सबैतिर खटिएको हुन्छ । हामी १० देखि ४ बजेसम्म मात्र हुदैन, बिहान दिउँसो, बेलुका र राती पनि प्रायः जसो २४ सै घण्टा अलर्ट हुन्छौ ।’
प्रहरीले कसैलाई पनि दुव्र्यवहार नगर्ने र गर्न नहुने पनि प्रहरी श्रेष्ठको भनाई थियो । कोही प्रहरीबाट भएमा आफुलाई जानकारी दिन पनि धरानका संचारकर्मीहरु बिच उनले आग्रह समेत गरे । ‘हाम्रो उद्देश्य शान्ति सुरक्षा हो, कसैले डर त्रास देखाएको छ भने भन्नुस्,’प्रहरीले राती होटल चाडो बन्द गराएको र ग्राहकलाई पनि गाली गरेको सन्दर्भमा डिएसपी श्रेष्ठले भने,‘हामी संवेदनशिल ठाउँहरुमा होटल बाहिर गाडी राख्छौ, किनभने प्रहरीको गाडी देखेर पनि अपराध गर्न नसकोस् भनेर हो । खबरदारी गर्नु हो । राती साढे १० बजे खानपान बन्द गर्ने, ११ बजेभित्र विल बुझाएर हिडिसक्नुपर्छ भनेर यहाँको प्रशासनले आदेश गरेको छ । त्यसैले प्रहरीले मौखिक अनुरोध गरेको हुनसक्छ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button