Uncategorizedराजनीतिसमाचारहेडलार्इन

कांग्रेसमा भागबण्डा नमिल्दा गठबन्धनको पत्रकार सम्मेलनमै लफडा, कांग्रेसका कार्यकर्ता र नेताबीच चक्राचक्री झण्डै कुटाकुटक कार्यकर्ता (भिडियो सहित)


धरान, koshipost.com

कांग्रेसमा भागबण्डा नमिल्दा गठबन्धको पत्रकार सम्मेलन बाडिएको छ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि धरानमा भाएको चार दलको गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताले सम्मेलनमै बाडिने गरी होहल्ला गदै बिरोध जनाउदा झन्डै कुटाकुटको स्थिति सिर्जना भएको हो ।


पार्टी भित्र भागबण्डा नमिलाई पत्रकार सम्मेलन गरेको भन्दै आफुहरुले मात्र पत्रकार सम्मेलन गरेको र आफुहरुलाई बेवास्ता गरेको अघि बढेको आरोप लगाउदै कांग्रेसका केही कार्यकर्ताले पत्रकार सम्मेलनमा प्रवेश गरी कांग्रेसले जित्ने वडामै माओवादी केन्द्रलाई भागबण्डा गरिएको असन्तुष्टि पोख्दै कार्यक्रम स्थलमा स्थागीत गरेका थिए ।


पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार कांग्रेसले धरानमा मेयरसहित १, २, ५, ६, ७, ८, ११, १२, १३, १४, १६ र १८ नम्बर वडामा भागबण्डा गरिएको छ भने नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित ३, १५, १७ र २० नम्बर वडा लिनेगरी भागबण्डा भएको छ । यस्तै, जनता समाजवादी पार्टीका लागि १० र १९ साथै नेकपा एसले ४ नम्बर वडा भागमा पारेको छ । सहमतिअनुसार कांग्रेसलाई धरानमा मेयरसहित १३ वडाअध्यक्ष, माओवादी केन्द्रलाई उपमेयरसहित चार वडाअध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृत समाजवादीलाई ४ नम्बर वडा अध्यक्षसहित सबै सदस्य दिएर भागबण्डा मिलाइएको पाइएको छ ।


नेकपा एस धरान नगर अध्यक्ष रेवतीरमण राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बू, जनता समाजवादीका केन्द्रीय सदस्य भीम राईले बोलिसकेर नेपाली कांग्रेसका महामन्त्री उमेश थापा बोल्दै गर्दा कार्यक्रममा असन्तुष्ट कार्यकर्ता प्रवेश गरेर नाराबाजी गर्न थालेका थिए । त्यतिबेला झन्डै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो । नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेलले पार्टी भित्रको कुरा पार्टी अफिसमा आएर छलफल गर्नु भन्दै अनुरोध गदै तनावको स्थिति साम्य बनाउने प्रयास गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button