Uncategorizedराजनीतिसमाचारहेडलार्इन

केपी ओलीको कुर्र्सीको एउटा खुट्टा भाँच्चियो ः माधव नेपाल

काठमाण्डौं,koshipost.com
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा खुट्टा भाँच्चिएको बताएका छन् । नेकपा स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकपछि अर्को गदै ओलीको पार्टीका मानिसहरु धमाधम आफ्नो नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताएका हुन्


‘पार्टी परित्याग गरेर आउने साथीहरुले केपी ओलीलाई हामीले भन्दा पनि नजिकबाट देख्नुभएको छ । एक समय उहाँ केपी ओलीसँग चुर्लुम्म डुब्नुभएको हो, अनि वाक्क दिक्क हुनुभयो र अहिले पार लाग्दैन भनेर यता आउनुभयो’, एमाले छाडेका पिताम्बर तिमल्सिनालाई देखाउँदै नेपालले भने, ‘केपी ओलीको कुर्सीको एउटा टेको भाँच्चियो । अर्को खुट्टा पनि बलियो छैन ।’


पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल मानिसहरु बस्नै नसक्ने बताए । उनले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको पनि बताए । ‘नेकपा एमाले भन्ने पार्टीमा कुनै क्रान्तिकारिता रहेन, त्यहाँ कुनै कम्युनिस्ट चरित्र छँदै छैन, त्यसैले एमालेको भविष्य छैन’, अध्यक्ष नेपालको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमाले पार्टी छोडेर समाजवादी प्रवेश गरेका राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षलाई स्वागत गरेका थिए । नेता नेपालले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा छलफल चलिरहे पनि त्यो छलफल त्यति उत्सावद्र्धक नभएको बताए ।


‘स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा हाम्रो छलफल चलिरहेको छ, तर त्यो छलफल त्यति उत्साहवद्र्धक छैन’, अध्यक्ष नेपालले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button