धरान उपमहानगरमा १ सय २ जना जनप्रतिनिधिका लागि ४७१ जनाको उम्मेद्धवारी

धरान,koshipost.com
यही वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनका लागि धरान उपमहानगरमा १ सय २ जना जनप्रतिनिधिका लागि ४७१ जनाले उम्मेद्धावारी दर्ता गराएका छन् । मेयर पदका लागि २२, र उपमेयर पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएको हो । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा उम्मेदवारी दिनेहरूमा रेणुका विक मौलिक जरोकिलो पार्टी, दिर्पाकुमारी राई मंगोल नेशनल अर्गनाइजेसन, हर्कराज राई स्वतन्त्र, राजेशकुमार राई राष्ट्रिय जनमुक्ति पार्टी, अम्बरबहादुर लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका छन् ।
यसैगरी सुस्मिता कार्की सचेत नेपाली पार्टी, उमेश राई खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, लोकेन्द्रबहादुर डङ्गोल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, सुवर्णशमसेर राई स्वतन्त्र, पासाङ शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिष्ट पार्टी -एमाले-, सूर्यबहादुर न्यौपाने स्वतन्त्र, राजकुमार राई लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, रत्नबहादुर कटुवाल स्वतन्त्र, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, ताजुबकुमार लिम्बु जनता समाजवादी पार्टी, नेपाल
रेवतीरमण राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), टोलकुमारी लुइँटेल स्वतन्त्र, किशोर राई नेपाली काँग्रेस, सञ्जीव भट्टराई स्वतन्त्र, सञ्जय पाण्डे स्वतन्त्र र श्यामकुमार भुजेल स्वतन्त्रबाट गरी जम्मा धरानमा मेयर पदमा मात्रै २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, उपमेयरमा आइन्द्रविक्रम बेघा नेकपा माओवादी केन्द्र, अमृता सुनार नेकपा एकीकृत समाजवादी, दत्तकुमार लिम्बु स्वतन्त्र, पदम प्रसाद लिम्बू नेकपा एमाले, पूर्णमाया राई राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रेमप्रसाद तिम्सिना स्वतन्त्र, विना कुमारी राई जनता समाजवादी पार्टी, श्यामकुमार तामाङ राष्ट्रिय जनमुक्ति पार्टी, सरस्वती सुब्बा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, हर्कराज राई किरात खम्बुवान् साझा पार्टी, हेमकुमार दाहाल मौलिक जरोकिलो पार्टीबाट गरी जम्मा ११ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, धरान उपमहानगरपालिकामा १ सय २४ जनाले वडाध्यक्षमा, वडा सदस्यको खुल्लामा १ सय ६६ जना, महिला वडा सदस्यमा ७६ जना र दलित महिला वडा सदस्यमा ७२ जना गरी धरान उपमहानगरपालिका जम्मा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।