राजनीतिसमाचारहेडलार्इन

धरानको ताजा अपडेट,१७ हजार ४ सय ९८ मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै , ताजा जानकारी यस्ता छन्

धरान,koshipost.com

धरानमा १७ हजार ४ सय ९८ मत गणना गर्दा गठबन्धनका मेयर पदका उम्मेद्धवार किशोर राईले अग्रता कायमै राखेका छन् । आज मंगलबार बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका हो । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठबन्धनलाई पछ्याइरहेका छन् । गठबन्धनका उम्मेद्धवार राई ६७१ मतान्तर अघि छन् । एमालेकी मेयर पदका उम्मेद्वार मञ्जु भण्डारीले ४४४३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छिन् ।

उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ५७६० मत पाएर अगाडि छन् भने एमालेका उम्मेद्वार पदम इस्वो ५३९९ मत पाएका छन् । धरानको वडा १, २, ३, ४ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा ५, ६, ८ र ९ मतगणना भईरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button