Uncategorizedसमाचारस्थानीयहेडलार्इन

धरानमा ३७ हजार बढी मतगणना गर्दा स्वतन्त्रबाट उम्मेद्वारी दिएका हर्क साम्पाङले ठुला दललाई १ हजार ८८ मतले छोड्दै

धरान,koshipost.com
धरानमा ३७ हजार ९ सय ५७ मतगणना गर्दा स्वतन्त्रबाट उम्मेद्धवारी दिएका हर्क साम्पाङले गठबन्धनबाट उम्मेद्धवारी दिएका किशोर राई १ हजार ८८ मतले पछि पादै अग्रता कामय गरेका छन् । ३७ हजार मतगणना गर्दा साम्पाङले ११ हजार ४ सय ८० मत प्राप्त गरेका हुन् ।


शुक्रबार बिहान साढे ९ बजे सम्म ३७ हजार ९ सय ५७ मतगणना गर्दा निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेको जनाएको छ । उनी गठबन्धनका उम्मेद्वार किशोर राई भन्दा १ हजार ८८ मतले अगाडि छन् । राईले १० हजार ३९२ मत लिएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई पछ्याईरहेका छन् ।
नेकपा एमालेबाट मेयर पदमा उम्मेद्वारी दिएकी मञ्जु भण्डारी ८ हजार ४ सय ६८ ल्याएर तेस्रो स्थानमा छिन् ।

उनी साम्पाङभन्दा ३ हजार १२ मतले पछाडि छिन् भने गठबन्धन उम्मेद्वार राईसँग १ हजार ९२४ मतले पछि परेकी छिन् । त्यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ५३६ मतले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ११ हजार ४०२ मत प्राप्त गरेर पछ्याइरहेका छन्


हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ । वडा नं २० को दस्तखत विनाको मतपत्रको विवादले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । वडा नं १५, १६ र १७ को मतपेटिका खोल्न बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

855
Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button