समाचारस्थानीयहेडलार्इन

धरान उपमहानगरपालिकोे प्रमुखमा हर्क साम्पाङ र उपप्रमुखमा गठबन्धनबाट अइन्द्र बेघा निवार्चित (भिडियो सहित)

धरान,koshipost.com
धरान उपमहानगरपाकिमा प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रको अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा साम्पाङ निवार्चित भएका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार किशोर राईले १६ हजार ६९ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी एमालेका पदम इस्वोलाई २ हजार ९०४ मतान्तरले पराजित गरेका छन् । इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रमुखमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । उनी साम्पाङसँग ८ हजार ९९६ मतले पछि परिन् भने गठबन्धन उम्मेद्वारसँग ३ हजार २४४ मतले पछि परिन् । ०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना पछि धरानमा पहिलो पटक स्वतन्त्र उम्मेद्वार नगर प्रमुखमा निवार्चित भएका हुन् । कम्युनिष्ट गढ भनिएको धरानमा लगातार २ पटक कम्युनिष्ट उम्मेद्वार पराजित भएको छ । २०७६ को उपनिर्वाचनमा पहिलो पटक तत्कालिन नेकपा उम्मेद्वार प्रकाश राईलाई नेपाली कांग्रेसका तिलक राईले पराजित गर्दै लालकिल्ला भत्काएका थिए ।


यो फेसबुके समाचार प्रति ईजराईलबाट सुनिता गुरुङले गुनासो गरेकी छिन् । हिजो जितेको हर्क साम्पाङको बिरुद्धमा किन यस्तो भिडियो बनायो त्यो मात्रिका नेपालले भनेर गुनासो गदै थिइन् म संग कुरा पनि भयो , मलाई मात्रिका प्रसाद नेपालको नम्बर दिनु भाई भन्दै थिइन् मैले दिदी अहिले धेरै रात गयो भोली दिन्छु भनी दिए । मात्रिका प्रसाद नेपाललाई केही कुरा सोध्नु छ रे , यो भिडियो कसरी किन बनायो बषौंदेखि धरानमा पानी नआएको सबैलाई थाहाँ छ । हिजोको आज नै हर्क साम्पाङले कसरी पानी दिन्छ भन्दै थिईन् मैले खै को नी है दिदी भनी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button