प्रेस सेन्टर सुनसरीद्वारा नवनिर्वाचित जनप्रतिनिधि र पत्रिका बितरकलाई सम्मान

धरान,kohipost.com
पत्रकार सहिद कृष्णसेन इच्छुकको २० स्मृति दिवसको अबसरमा नवनिवाचित जनप्रतिनिधि र पत्रिका वितरकलाई प्रेस सेन्टर नेपाल सुनसरीले सम्मान गरेको छ । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी जनप्रतिनिधि र पत्रिका पत्रीका बितरकलाई शुक्रबार सेनटरले सम्मान गरेको हो ।

सुनसरीको धरानमा अवस्थित पार्टी कार्यालय पेरिस खोल्सिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उप(महानगरपालिकाका नव निर्वाचित उप(मेयर अइन्द्र बिक्रम बेघा, वडा नम्बर १७ का वडा अध्यक्ष सुर्य बहादुर(मनोज) भट्टराई सहितको प्यानल र धरान(३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई सम्मान गरिएको छ ।

त्यस्तै धरानमा रहेर बिगत ३३ बर्षदेखि निरन्तर रुपमा स्थानिय तथा राष्ट्रीय पत्र पत्रिकाहरु पाठकको घर घरमा पुर्याएर सुसुचित गराएको भन्दै पत्रीका बितरक कृष्ण भक्त श्रेष्ठलाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य किरण कुमार राई, बरिष्ठ पत्रकार भवानि बराल, बाम बिश्लेषक राजेन्द्र किराति,प्रेस सेन्टरका केन्द्रीय सदस्य राजन केडि, सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्की लगायतले खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राईले कृष्णसेन इच्छुकले ब्यक्तिगत स्वार्थलाई परास्त गर्दै देशको स्वार्थका लागि जीवनको आहुति दिनु भएकाले इच्छुकले देखाएको बाटोमा हिड्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै उप(मेयर बेघाले धराने जनताले बिश्वास गरेर दिएको मतलाई जनताकै बिकासमा सदुपयोग गर्ने बताए ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य उमिता बराइली, माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लु), नगर उपाध्यक्षद्वय सर्बजित राई र सम्फर तामाङ, नगर सदस्य एबम महिला सन्जाल धरानका अध्यक्ष चेतना श्रेङ, नगर सह(सचिव खेम रनपहेली, पार्टीका ९ नम्बर वडाका अध्यक्ष रबिन श्रेष्ठ र धरानका संचारकर्मीहरुकोे उपस्थिति रहेको थियो । कार्यक्रम प्रेश सेन्टर धरान नगरका अध्यक्ष बिनोद बिश्वकर्माले संचालन गरेका थिए ।