समाचारसमाजहेडलार्इन

रोल्पा कारागारमा सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयद्धारा समिति गठन


काठमाण्डौं,koshipost.com

रोल्पा काागारमा सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव सूर्यप्रसाद सेढाईँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।


जेठ ४ मा कैदी हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए । समितिमा मन्त्रालयका उप–सचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।


स्थलगत रूपमा घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको छ । हरिजन वास्तविक हत्या आरोपीको बदलामा जेल बसेको बताइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button