किराँत राई यायोखा साँगुरीगढी गाउँपालिकाको आयोजनामा आयोजित उभौली पर्व कार्यक्रमको समापन (भिडियो सहित)

भेडेटार,koshipost.com
किराँत राई यायोखा साँगुरीगढी गाउँपालिकाको आयोजनामा आयोजित उधौली पर्व कार्यक्रमको समापन भएको छ । मौलिक साँस्कृतिक पर्वहरुको विकास र प्रवद्र्धन गर्र्नु पर्नेमा समापन कार्यक्रममा सहभागी भएका वक्ताहरुले बताए । आदिवासी जनजातिह?को मौलिक साँस्कृतिक पर्वहरुको दिगो विकास गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले ध्यान दिनु पर्ने सोमवार समापन कार्यक्रमका वक्ताहरुले बताएका हुन् । किराँत राई यायोखा साँगुरीगढी गाउँ कार्य समिति धनकुटाले साकेला उभौली समापनको अवसरमा आयोजना गरेको साकेला प्रदर्शन साँस्कृतिक कार्यक्रममा बोल्ने वक्तहरुले आदिवासी जनजातिहरुको मौलिक सँस्कृतिहरुको विकास गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सके आर्थिक समृद्धिको लागि स्थानीय स्तरमा विकास हुने धारणा राखेका छन् ।

साँगुरीगढी गाउँपालिका वडा नं.१ लावरवोटे, इन्द्रेणी पुल नजिकै रहेको हालै निर्माण कार्य सम्पन्न गरिएको लेउती करिडोर साकेला केलाङ पार्कको सोमवार समुद्धघाटन गरिएको छ । नवनिर्मित पार्कको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले एक समारोहको विच समुद्धघाटन गरेको हो । पार्कको वागेढुङ्गामा साकेला थान स्थापना गरिएको छ । सयौ किराँतीहरुले साकेला नृत्य प्रश्तुत् गर्दै किराँती माङ्गपाहरुले किराँत मुन्धुम अनरुप साकेला थानमा पुजा आरधना समेत गरेका थिए ।
किराँत माङ्गपा भक्त साङ्गपाङ्गका अनुसार साकेला नृत्यमा विशेष गरेर शिलि अन्तर्गत उभौली सेवाको भुमीपुजाको वेलामा धानरोपेको, लासेपासे फाँडेको, बालीनाली लगाएको, झिँगा सिली लगायतको प्रकृतिसंग तादम्यता राख्ने खाल्का नृत्य प्रश्तुत् गर्ने गरिन्छ । यस वेला जलचर, थलचर, जिवजन्तु उँभो लाग्ने भएकाले उभौली भनेको साङ्गपाङले वताए । नृत्यमा उभौलीमा खेतीपाती राम्रो होस, प्रकृति प्रकोप नहोस भन्ने कामना गर्दै उभौलीमा पुजा आरधाना गर्दै परम्परा र संस्कृति रहेको साङ्गपाङको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जितेन्द्र रुम्दाली राईले आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वह?को विकास र प्रवद्र्धनको लागी पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले साँगुरीगढी गाउँपालिका भित्र छरिएर रहेका सवैखाले जाति जनजातिहरुको लागी कसैलाई काख कसैलाई पाखा नगरी समान ढंगले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईले हरेक जातिका भाषा, संस्कार, संस्कृति वाँचे मात्र त्यो जातिको पहिचान स्थापित हुने बताए । उनले हरेक जातिको पहिचान युगयुगसम्म वचाएर राख्न स्थानिय सरकारले हरेक जातिको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वह?को संरक्षण गरी प्रवद्र्धन गर्न सक्नु पर्नेमा जोड दिए । उनले भने–‘राज्यको शिक्षा नीति आदिवासी जनजाति मैत्री नभएको कारण भाषिक साँस्कृतिक हिसावले आदिवासी जनजातिह? पछि पर्दै गएको गुनासो गरे । राईले हरेक जातिको मौलिक संस्कृतिह?को संरक्षण लाग्न नवनिर्वाचित जनप्रतिनिधिह?लाई आग्रह समेत गरे । उनले सोकला सिली किराँतीह?को मात्र नभएर सवै जनजातिह? तथा धर्म समुदायले समेत नाच्ने भएकाले धार्मिक सहिष्णुता, सामाजिक एकता, जातिय सदभाव र भाईचाराको विकास हुँदै गएको राईको भनाई छ ।

किराँत राई यायोखा साँगुरीगढी गाउँकार्य समितिका अध्यक्ष जगतवहादुर राईको अध्यक्षतमा सम्पन्न साकेला सिली चण्डीनाच प्रदर्शन कार्यक्रमको समापन समारोहमा पपालिकाका उपाध्यक्ष मुना राई, वडा नं.६ का वडाध्यक्ष यम प्रकास मगर, किराँत राई यायोखा जिल्ला अध्यक्ष नगेन्द्र राई, लेउती जलधार प्रकृति साँस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलवहादुर राई, कोषाध्यक्ष मेम चाम्लीङ्ग, आदिवासी जनजाति महासंघ साँगुरीगढी गाउँपालिकाका अध्यक्ष प्रमिला लिम्वु, फोनिज १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, धरान–१९ का साकेला टोली प्रमुख मेघनाथ राई, धरान–८ का सरस्वती लिम्वु र वराह क्षेत्र साकेला टोली प्रमुख धनराज राई लगायतले आ–आफ्नो धारणा राख्दै आदिवासी जनजातिहरुको मौलिक संस्कार संस्कृतिहरुको संरक्षणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।




