
कोशी गाउँपालिका,koshipost.com
स्कारपियोले ठक्कर दिदा १८ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा श्रवण कुमार मेहताको मुत्यु भएको हो । पश्चिमतर्फ गइरहेको को२च ३९९२ नम्बरको स्कारपियो गाडीले पैदलयात्री मेहतालाइ ठक्कर दिदा मृत्यस भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते भएका पैदलयात्री मेहताको उपचारको क्रममा विराटनर्सिङ होममा आइतबार राति ९ः४५ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
स्कारपियोमा सवार रहेका चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भण्टाबारीबाट ५ किलोमिटर पूर्वमा भएको दुर्घटनामा घाइते हुनेहरुमा कोशी गाउँपालिका ७ बस्ने वर्ष २३ को सुवर्ण मेहता गम्भीर घाइते भएका छन् भने स्कारपियो चालक इटहरी–२ बस्ने वर्ष २९ को अर्जुन तामाङ, इनरुवा–६ बस्ने ५५ वर्षीया राधा भट्टराई, यस्तै, ६५ वर्षीय पुण्यराज भट्टराई, रामधुनी–६ बस्ने वर्ष ४२ को नगेन्द्र राई, रामधुनी–५ बस्ने वर्ष ३३ को योगेन्द्र गिरी, इटहरी–३ बस्ने वर्ष २१ को सुमन विक रहेका छन् । स्कारपियो तीब्रगतीमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।