समाचारस्थानीयहेडलार्इन

धरानका मेयर हर्क साम्पाङ पानीको मुहान पुग्दा धरानवासी यसरी पुगे श्रमदान गर्न (भिडियो सहित)

धरान,koshipost.com
धरानका मेयर हर्क साम्पाङ पानीको मुहान पुग्दा धरानवासी श्रमदान गर्न मुहान पुगे । मेयर राई इन्जिनियरसहित नयाँ मुहानबाट पानी ल्याउनका लागि पकुवा खोला, पानी ट्याङ्की बनाउन भन्दै सामजिक सञ्जालमा म्यासेज छाडेर शनिबार पानीको मुहान पुग्दा धराने जनता स्वतस्फुर्त मेयर संगसगै मुहानमा पुगेर श्रमदान गरेका थिए ।


मेयर हुनअघि जस्तै पानीकै लागि मुहान चहार्दै दौडिरहेका धरानका मेयर साम्पाङले पानी ल्याउन लागिपरेका छन् । शनिबार केही साथीभाई धरान–२० विष्णुपादुका मन्दिर मुनि पानीको मुहान भएको ठाउँमा पुगेका थिए । त्यहाँ पुगेपछि करिब २० मिनेटपछि धराने जनता आफैं श्रमदान गर्न भन्दै स्वतस्फुर्तरुपमा पुगेका हुन् । त्यहाँ पुगेका जनताले कोहीले ढुङ्गा ओसारे, कोहीले झम्पल लगाए, कोहीले गैतीले खने अनि बेल्चाले माटो फाले । त्यतिबेला मेयर साम्पाङ आफैंले पनि कहिले झम्पल प्रयोग गर्थे भने बेल्चा र गैती पनि चलाएर खानेपानी ट्याङ्की निर्माण गरिछाडे । साँझसम्म उनी र धराने जनता खटिरहे, खनिरहे ।
त्यहाँको पानी आएपछि धरान–११ र १७ का बासिन्दालाई केही भएपनि सहज हुने मेयर साम्पाङको भनाई ‘यहाँबाट पानी ल्याउन अध्ययन भइसकेको थियो’, उनले भने, ‘पानी आउने पक्का भएपछि सयौं जनता स्वतःस्फुर्त आएपछि खानेपानी ट्याङ्की निर्माणमा सहजता भएको छ ।’ उनले जनता लागेपछि जे कुराको पनि विकास हुन समय नलाग्ने समेत बताए ।

मेयर राईको अभियानमा साथ दिन युवापुस्ता, केही वृद्ध साथै महिलाहरु पुगेका थिए । अभियानमा धरानका इञ्जिनियर राजु पोखरेल, प्रशान्त अधिकारीलगायत पनि त्यहाँ पुगेका थिए । पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष एवम् गायक भक्तिराज राईले आफू पनि धरान–१७ मा बस्दै आएको र मेयर साम्पाङले पानी ल्याउन आह्वान गरेपछि स्वतस्फुर्त श्रमदानका लागि पुगेको बताए । ‘पानी जस्तो कुरा ल्याउन श्रमदान गरौं भनेर मेयरको आह्वान थाहा पाएपछि म पनि श्रमदान गर्न आएको हुँ,’ राईले भने, ‘जे होस् उहाँलाई समर्थन गर्न नै यहाँ आएको हुँ ।’


पकुवा खोलाको मुहानमा दुईवटा इन्टेक निर्माण हुने र त्यहाँबाट धरान–११ र १७ को रेल्वे सिष्टममा खसालिने इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । वर्खायाममा धेरै पानी आउने र हिउँदमा पनि पानी उत्पादन हुने र हिउँदमा प्याक प्याक हुनुपर्ने अवस्थाको अन्त्य हुने अधिकारीको दावी छ। ‘अहिले त हेरिहाल्नुभयो, धेरै पानी छ तर हिउँदमा पनि खासै समस्या हुँदैन, थोरै घटेपनि त्यो पानीले धेरै हदसम्म त्यहाँका बासिन्दालाई राहत मिल्नेछ ।’ आइतबारदेखि मिस्त्री लगेर नियमित काम गरेर केही समयभित्र पानी खसालिने बोर्डका व्यवस्थापक निर्देशक इन्जिनियर राजु पोखरेलले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button