समाचारस्थानीयहेडलार्इन

धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक आज २ बजे बस्दै

धरान,koshipost.com
धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक आज २ बजे बस्ने भएको छ । दोस्रो बंैठकले धरान उपमहानगरपालिकाको नगर सभा असार ८ गते गर्ने निर्णय गरेअनुसार यसको पूर्व सन्ध्यामा आज आगामी वर्षको नीति तथा कार्यक्रमलाई कार्यपालिका बैठकले स्वीकृत गरी ११ औँ नगर सभामा पेस गर्नु पर्ने भएकोले आज कार्यपालिका बैठक बस्न लागेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।


धरान उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने ११ औँ नगर सभा सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा भोलि बुधवार दिउसो १ बजे देखि शुरु हुने बताइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button