अर्थ खबरसमाचारहेडलार्इन

पेट्रोलियम पदार्थकोे मुल्य घट्यो, घटेको मुल्य र पुरानो मुल्य सहित

काठमाण्डौं,koshipost.com

पेट्रोलियम पदार्थको मुल्य घटेको छ । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर मुल्य बढेको भन्दै सर्वसाधारणलाई विरोध गरेपछि राहत राहतका लागि मुल्य घटाएको हो । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मुल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मुल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य घटाइएको जानकारी दिए ।


घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको छ ।

आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार उद्योग मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरे । नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच बसेको बैठकले सर्वसाधारणलाई राहत हुने गरेर तत्काल मुल्य समायोजन गर्न निर्देशन दिएपछि आजैदेखि मुल्य घटाइएको उद्योग मन्त्रालयको भनाइ छ ।

सत्ता गठबन्धनको बैठकले डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर २८ रुपैयाँले घटाउने निर्णय गरेको थियो । तर, गठबन्धन बैठकको निर्णय सुनाउने क्रममा उद्योग मन्त्री बडूले झुक्किएर २९ रुपैयाँ घटेको बताएपछि सोहीअनुसार लागू हुने घोषणा समेत गरे । त्यसक्रममा उनले २८ रुपैयाँ घटेर डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १६३ रुपैयाँ हुने घोषणा गरेका थिए ।

मन्त्री बडू झुक्किएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सम्झाएका थिए । त्यसपछि मन्त्री बडूले आफूले गरेको घोषणा अनुसार डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ नै लागू हुने घोषणा गरे । उक्त घोषणाअनुसार निगम डिजेल र मट्टितेलको मूल्य २९ रुपैयाँ घटाउन सहमत भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button