
धरान,koshipost.com
हालसम्म घर भाडामा लिएर धरानमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जग्गा अभावमा आफ्नो निजी कार्यालय भवन निर्माण गर्न नसकेको र धरानमा जग्गा उपलब्ध हुन नसक्दा कार्यालय अन्यत्र सर्न सक्ने देखिएकाले धरानमा क्रियाशील राजनीतिक दलहरुले सामुहिक रुपमा जग्गा उपलब्ध गराउन पहल शुरु गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्तपहल गरेको हो । उनीहरुले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे र जिल्ला ट्राफिक कार्यालय, सुनसरीकाप्रहरी निरीक्षक श्याम कुमार बस्नेत संग भेट गरी पहल शुरु गरेका छन् ।
दलहरुको प्रतिनिधि मण्डलले ट्राफिक कार्यालय हाईवेमा हुंदा उत्तम हुने भएकाले धरानको तिनकुने स्थित बनको जग्गा दशकठ्ठा उपलब्ध गराउन मन्त्री घिमिरे समक्ष माग गरेका छन् । मन्त्री घिमिरेले पनि दलहरुको माग प्रति सहमतहुंदै यथाशक्य जिल्ला ट्राफिक कार्यालयको निवेदन, लाङघाली सामुदायिक वनको सहमति र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गर्न भनेका छन् । त्यसैगरी जिल्ला ट्राफिक कार्यलयले पनि दलहरुसंगको भेटपछि धरान उपमहानगरपालिकालाई वातावरणीय प्रभाव मूल्यांकनका लागि र लाङघाली सामुदायिकवनलाई सहमतिका लागि पत्राचार गरेको छ । दलहरुले पनि धरान उपमहानगरपालिका, लाङघालाी सामुदायिकवन र ईलाका तथा जिल्ला वन कार्यालयसंग अविलम्व समन्वयगर्ने जनाएका छन् ।
प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ,प्रदेश १(१) का सभापति अनिल श्रेष्ठ रनगर सभापति श्याम पोखरेल, नेकपा एमालेका नगर अध्यक्ष हर्कराज एभेङ र नगर उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वु र नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवतीरमण राई रहेका थिए ।