Uncategorizedसमाचारसूचना प्रबिधिहेडलार्इन

प्रेस सेन्टर नेपालले संचालन गरेको २ दिने भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न (भिडियो सहित)

धरान,koshipost.com

प्रेस सेन्टर नेपालले धरानमा संचालन गरेको २ दिने भाषणकला तथा नेतुत्व विकास तालिमको समापन भएको छ । धरान नगरकार्यसमितिको आयोजनामा संचालन गरिएको तालिम बुधबार समापन भएको हो ।


धरान (१९ स्थित किरातेश्वर मा.वि.को सभा हलमा भएको पहिलो दिनको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देसक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षण दिए । सहभागिहरुलाई पहिलो दिन प्रस्तुतिकरण कसरी गर्ने, दर्सक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।


त्यस्तै दोश्रो दिन सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व विकास के हो, नेतृत्व बिकास कसरी गर्ने , नेतृत्वमा हुनुपर्मे गुणहरु के क ेहुन आदिबारेमा सहभागिहरुलाई अभिुमुखिकरण गराइएको प्रशिक्षक कार्कीले जानकारी दिए ।
तालिममा महेन्द्र बहुमुखी क्याम्पस, धरान सिटि कलेज, धरान मोडल कलेज, केन्द्रीय प्रबिधी क्याम्पस हात्तिसार लगायतका गरि ५० जना सहभागी भएको थियो । युवा विद्यार्थीहरुकोे वाककला र नेतृत्व बिकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगर सचिव सर्ण साम्बाहाम्फेले बताए । सहभागिहरुले तालिम उपलब्धिमुलक भएको बताएका छन् ।


सहभागिका तर्फबाट स्नेहा खरेल, समीक्षा थापा, सारिका झा लगायतले तालिमको अनुभव सुनाएकाा थिए । सेन्टरका धरान उप(महानगर अध्यक्ष बिनोद बिश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई प्रमुख अतिथी थिए । कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष बिकास चाम्लिङ, सेन्टरका जिल्ला सह(सचिव दिल बहादुर राई, जिल्ला सदस्य भवानी चुडाल, यु.एन नबोदय कलेजका अध्यापक नाम्लिङ हाङ चेम्जोङ लगायतको उपस्थिती रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button