
धरान,koshipost.com
सुनसरीका चार क्षेत्रमा २१२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी प्रतिनिधि सभा सदस्य तर्फ ९५ र प्रदेश तर्फ ११७ जनाले मनोनयन दर्ता गराएको हो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्यमा २० प्रदेश सभा सदस्य १ (क) मा १५ र १ (ख) तर्फ १४ जना रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा २७ जनाले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश सभा सदस्य तर्फ २ (क) मा २० र २ (ख) तर्फ १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य तर्फ २३ जना छन् । प्रदेश सभा सदस्य तर्फ ३ (क) मा १३ र ३ ९ख० मा १८ जना छन् ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य तर्फ २५ जनाले उम्मेदवार दर्ता गराएका छन् । प्रदेश सभा तर्फ ४ (क) मा १४ र ४ (ख) मा १३ जनाले दर्ता गराएका छन् । २४ गते उम्मेदवार विरुद्ध उजुरी गर्ने पाइने छ । २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने २६ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगको जनाएको छ ।
