
धरान,koshipos.com
सुनसरीको धरान ८ मा एक युवा मृत फेला परेका छन् । धरानको खहरे खोलामा राती साथी संगै बसेका युवा बिहान मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक (डिएसपी) बृद्ध श्रेष्ठका अनुसार धरानको ८ नम्बर तीनढुङ्गे खहरेमा दिपेश खातुन नाम गरेका युवा मृत भेटिएको हो ।

खातुनको शव खहरेमा पमृत अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले बताए । आईतबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेको र आफूहरु स्थलगतरुपमा जाँदा मृत फेला परेको पाइएको श्रेष्ठले जानकारी दिए । अरुण टोल स्थित खहरेमो सानिआमाको घरमा बस्दै आएका उनी बिहान मृत भेटिएका थिए ।
आमाको मृत्यु भएको र बुबाले पनि कान्छी ल्याएर बसेको पाईएको र ती युवा सानिआमाकोमा बस्दै आएको उनले जानकारी दिए । दीपेश यस अघि लागूऔषध सेवन गदै झैझडा गर्ने गरेकोे स्थानीयले जानकारी दिएको प्रहरीले बताए । स्थानीयसँग बुझ्दा दीपेश पहिला लागूऔषध सेवनकर्ता रहेको पाइयो’, डिएसपी श्रेष्ठले भने, ‘शनिबार राति करिब ११ बजेतिर उनले लागूऔषध सेवन गरेर लरखरिँदै आएको पाइयो, नशाको सुरमा आएका उनी त्यहाँ खसेको हुनसक्छ ।’
शनिबार राति करिब १२ बजेतिर खातुन संग ३ जना भएको हुनसक्ने र सो बारेमा प्रहरीले साथी र स्थानीयसँग सोधपुछ अघि बढाएको छ । शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्माटमका लागि पठाईएको प्रहरीले जनाएको छ ।