अर्थ खबरसमाचारहेडलार्इन

१८ औं बार्षिक साधारण सभाद्धारा पुन बस्नेतको अध्यक्षतामा १५ कार्य समिति चयन, बार्षिक ७१ लाख बढी मुनाफा (भिडियो सहित)

धनकुटा,koshipost.com
साना किसान कृषि सहकारी संस्था लिमिटेड पाटीको १८ औं साधारण सभा सम्पन्न भएको छ । ‘‘साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताका विकास’’ भन्ने मुल नाराको सहित २०६१ सालमा स्थापना भएको सहकारीले बार्षिक ७१ लाख १७ हजार मुनाफा कमाउदै १८ औं वर्ष पार गरी १९ औं वर्षमा प्रदेश गरेको हो ।

रङ जिल्लाको सुदुर उत्तरमा रहेको केराबारी गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित साना सहकारीले साविक पाटी गा.वि.स र याङ्शिला गाविसबाट आफ्नो कार्य शुरुवात गरेको थियो । हाल केराबारी गाउँपालिका १,४,५ र ६ का आंशिक स्थानका ग्रामीण स्तरका साना किसानहरुलाई आबद्ध गरी आफ्नो कार्य अघि बढाईरहेको छ । निम्न आय भएका किसानको जिवन स्तर माथि उठाउने उद्देश्यका साथ स्थापना गरिएको सहकारीमा हाल १२७८ जना सेयर सदस्य आवद्ध रहेका छन् । सो मध्ये ८७० जना महिला र ४०८ जना पुरुष रहेका छन् ।


संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभामा १५ नयाँ कार्य समिति चयन गरिएको छन् । उपाध्यक्ष नियो कुमार लिम्बु यस्तै सदस्यमा मदम कुमारी लिम्बु, धन बहादुर बस्नेत,राजेन लिम्बु,रक्र बहादुर राई ,जस बहादुर राई,मुलुकसिंह याक्खा,दिल बहादुर दाहाल , दिल प्रसाद लिम्बु,बुधवीर लिम्बु रहेका छन् । यस्तै,राधिका लिम्बु,ऐख्या लिम्बु, सम्झना राई र रमेश चेम्जोङ चयन भएका हुन् ।


२०६१ सालमा स्थापित यस संस्थाको केन्द्रीय कार्यालय केराबारी १ मा रहेको छ । यस संस्थाले ०७८÷७९ मा ७१ लाख १७ हजार रुपैय खुद मुनाफा आर्जन गरेको छ । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ ।


आर्थिक वर्ष २०७८र०७९ को अषाढ मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड २७ लाख ९ हजार रुपैया रहेको छ । त्यस्तै निक्षेप संकलन तर्फ १० करोड ५८ लाख रुपैयाँ रहेको संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतले सभामा जानकारी गराए । संस्थाले कारोबार शुरु गरेदेखि मुनाफा आर्जन गर्न सफल भएको बताउँदै अध्यक्ष बस्नेतले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाए । सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अध्यक्ष बस्नेतले बताए ।


कार्यक्रमका प्रमुख अतिथि सुमनमिरिङथिङ मगर केराबारी गाउँपालिकाका अध्यक्षले साना किसान कृषि सहकारी संस्था लिमिटेड पाटी गाउँपालिकाकै उत्कृष्ट सहकारी भएको बताए । ‘म सहकारीले सञ्चालन गरेको यस्ता थुप्रै कार्यक्रममा सहभागी भए तर यस सहकारी जस्तो अरु सहकारी सञ्चालन भएको पाएको छैन,अब सहकारीमा सहभागीता भएको बेला यस सहकारीले गरेको उत्कृष्ट कामलार्य उदारणको रुपमा सुनाउने छु । कोरोनाले सताएको बेला पनि यस संस्थाले आफ्नो सेयर सदस्यलाई दिएको सेवा सुविधा प्रंससा लाइक छ’ अध्यक्ष मगरले कार्यक्रमलाई सम्बोधन गर्नेे क्रममा बताए ।


केराबारी गाउँपालिकाले संस्थालाई अघि बढाउन सहयोग गर्ने समेत अध्यक्ष मगरले प्रतिबद्धता जनाएका छन् । ‘्केराबारी गाउँपालिकाका जनताको जिवन स्तर माथि उठाउन र न्यून आय भएका किसानलाई सहज हुने खालको सहकारी कृषि कार्यक्रम तत्काललै ल्याउदैछौं । साथै यस गाउँपालिका जनतालाई उपचार जावतजावतमा यातायातको सहजता लािग छिट्टै एम्बुलेन्स पालिकामा ल्याउने भएका छौंं’ सभामा बोल्दै अध्यक्ष मगरले केराबारीवासीलाई जानकारी गराए ।


साधारण सभा कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमनमिरिङथिङ मगर,साना किसान विकास लद्युवित्त वित्तीय संस्था इटहरीका दिपक पाण्डे,जिल्ला कृषि सहकारी संघ मोरङका शनिन्द्र आर्चय, केराबारी १ का वडाअध्यक्ष शरण थापा मगर,केराबारी ५ का वडाअध्यक्ष अजय लिम्बु लगायत संस्थाका पदाधिकारी र हजारौं सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१८वर्ष सम्म आईपुग्दा संस्था अब्बल भई स्थापित भएको बताउदै संस्थाका सेयर सदस्यहरुलाई ढुंक भएर कारोबार गर्न संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतले आग्रह गरे । गरिबी र बेरोजगारी घटाउन कृषिलाई व्यवसायिकरण गर्नुको विकल्प नरहेको समेत बस्नेतले बताए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बृद्ध बृद्धा बचतकर्ता, उत्कृष्ट ऋणी र गाउँपालिकमा उत्कृष्ट अध्यान गर्ने बिद्यार्थीहरुलाई सम्मान तथा पुस्कृत गरिएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button