
धरान,koshipos.com
सुनसरी क्षेत्र नं. १ बाट मुक्सामहाङ मेन्याङबोलाई जिताएर पठाए केन्द्रबाट मन्त्री बनाएर धरान पठाई दिने नेकपा आमोबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताए । बुधबार गठबन्धनले आयोजना गरेको चुनावी प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्न धरान आईपुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मेन्याङ्बोलाई जिताएर पठाउनुहोस् मन्त्री बनाएर पठाई दिन्छु भन्दै दाहालले कार्यक्रमलाई सम्बोधनमा आश्वासन दिएका छन् ।
अध्यक्ष दाहालले भने माओवादी केन्द्रबाट उम्मेद्वार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौं भन्ने हुटहुटी भएको उम्मेद्वारकोरुपमा रहेको भन्दै गठबन्धनका उम्मेद्वाहरु सबैलाई जिताउन आग्रह पनि गरे । उहाँलाई अन्त्यधिक बहुमतले विजय गराउनुस्, धरानको विकास गर्न ५ बर्षको लागि होइन, शुरुमै कोसिस हुनेछ, मन्त्री बनाएर तपाइहरुको सेवा गर्न पठाउने बताए ।
प्रचण्डले मंसिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्ति र धाराको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचार, धारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत संग्रह जस्तै भएकोले विचार पुर्याएर लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिन आग्रह पनि गरे । अगाडि जाने प्रवृत्ति र विचारलाई समर्थन गरेर फेरि देशमा प्रतिगमन हुन नदिन, फेरि राजनीतिक अस्थिरताले टाउको उठाउन नदिन र स्थिरता, विकासको नयाँ युगमा जाने वातावरण तयार गर्न पनि आफुहरुको गठबन्धनलाई भोट दिन उनले आग्रह गरे ।
अहिलेको गठबन्धन १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि नै शुरु भएको पनि प्रचण्डले जिकिर गरे । तत्काल कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीकोतर्फबाट आफुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नेपालमा शान्तिको युग शुरु भएको, संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संविधानसभाको निर्वाचन भएको र देशले अग्रगति लिएको भन्दै प्रचण्डले १२ बुँदे समझादरी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएकोले पनि जिताउन आग्रह गरे ।
‘धरान भुपू गोर्खा सैनिकहरुको बाहुल्य भएको क्षेत्र भएको उल्लेख गर्दै ब्रिटिश सरकारसँग समान कामको निम्ति समान राहत, तलब सुविधाको लागि वार्ता भइरहेको र चाडै संवाद गरेर समाधान गर्नेर्छाैं’ अध्यक्ष दाहालले बताए । ‘म आफै जोडिएको छुँ, प्रधानमन्त्री देउवासँग गहिरो कुरा भएको छ, र व्रिटिश सरकारसँग छिटो संवाद गरेर समास्या समाधान हुनेछ ’ अध्यक्ष दाहालले थपे ।
उनले धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै मेयर हर्क साम्पांग पानीकै समस्या समाधान गर्छु भनेर मेयर बनेकोमा धन्यवाद पनि दिए । मेयर साम्पांगले पानीको समस्या हल गर्न धेरै मेहनत र दुःख गरिरहेको भन्दै उनको दुःखलाई सम्मान गर्नुपर्ने पनि बताए । ुअब हर्क जीको चाहनालाई केन्द्रबाट पनि हामीले बजेट पारेर, योजना पारेर मद्दत गर्नेछौं, ुउनले भने ।
प्रचण्डले धरानको रंगशाला निर्माण पुरा हुन नसकेको भन्दै त्यो पनि केन्द्र सरकारबाट चाडै पुर्ण गराउने आश्वासन दिए । यस्तै, धरानलाई आर्थिक गतिविधिको केन्द्र बनाउन धरान किमाथांका सडक निर्माण पनि चाडै सम्पन्न गराउने बताए ।
अध्यक्ष दाहालले कार्यक्रममा बोल्दै किमाथांका धरान जोड्ने बाटोलाई पुर्णता दिनु पर्ने आवश्यक भएको बताए ।
‘आर्थिक गतिवािधभा ठुलो प्रभाव पार्छ गठबन्धनको सरकार बनेपछि सुकुम्बासी समस्या समाधन गर्न पहल भएको छ, कति ठाउँमा लालपुर्जा बाडिएको छ । यहाँको पनि हल गछौं । धरान खेलकुदको दृष्टिकोणले पनि महत्वपुर्ण क्षेत्र हो । यहाँको रंगशाला पुर्णता दिन केन्द्रबाट सहयोग गर्ने विश्वास दिलाउन चाहन्छौं,वीपी प्रतिष्ठान एसियाकै ठुलो हुदाहुदै पनि व्यवस्थापनमा सुधार हुन सकेन, त्यसलाई बाम गठबन्धनको सरकार बनेपछि सुधार गरी व्यवस्थित गरिनेछ’ अध्यक्ष दाहालले बताए ।