समाचारसूचना प्रबिधिहेडलार्इन

सुनसरी क्षेत्र नं.१ को ६ सय मतगणना गर्दा राप्रपाले लियो अग्रता,अन्य दलहरु मौन (भिडियो सहित)

धरान,koshipost.com

सुनसरी क्षेत्र नं.१को ६ सय मतगणना गर्दा राप्रपा अग्र स्थानमा आएको छ । प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नं. १ को मतगणना धरानको सभागृहमा मतगणना भईरहेको छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरिएको हुदा निर्वाचन कार्यालयले पहिलो चरणको प्रारम्भिक ६ सय मतपरिणाम सार्वजनिक गदै राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको जानकारी गराएको हो ।


निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार हसिया हतौडा(७०, छाता(२५, हलो(१७४, माइक(४, ढाकाटोपी(१, भाले(१, दाब सहितको खुकुरी(१, तारा(२, घण्टी(११३, घण्टाघर(२४, चापकल(१, पानीको जार(९, खरायो(१४१, सूर्यमुखी फुल(३३,सेलरोटीको चाङ (१ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


सर्वपक्षीय बैठकको निर्णय अनुसार १ बजे मतगणना गर्ने भनिए पनि ३ धण्टा पछि ४ बजेदेखि मतगणना शुरु भएको थियो । मतगणनाको प्रारम्भीक मत परिणाम साझ ६ बजेर १३ मिनेटमा ६ सयको मतपरिणाम पहिलो पटक सार्वजनिक गरिएको हो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button