
धरान,koshipost.com
सुनसरी धरानको हनुमान क्याफेमा खुकुरी प्रहार गर्ने २ जना युवा पक्राउ परेका छन् । धरान १५ का १५ वर्षीय युगल राई र सोही वडाका २६ वर्षीय एन्जल लिम्बुलाई खुकुरी प्रहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरानको गणेशमान चोकमा अवस्थित हनुमान क्याफेमा गएराती १० बजेको समयमा पक्राउ परेका युवाले खुकुरी प्रहार गरेकाले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

क्याफेमा ४ जनाको अज्ञात समूहले खुकुरी प्रहार गरी सिटी सफारीमा भागेका थिए । खुकुरी प्रहारबाट धरान १९ का २५ वर्षीय एम्सन लिम्बु,धरान १५ का २४ वर्षीय माईक राई त्यसैगरी धरान १५ का २६ वर्षीय मौसम लिम्बु घाइते बनेको प्रहरीले जनाएको छ ।

घाइते एन्सनको स्वास्थ्य चिन्ताजनक रहेकाले वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगर न्युरो अस्पताल पठाईएको प्रहरी जानकारी दिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको तथा थप अनुसन्धान भइरहेको बुझिएको छ । खुकुरी किन प्रहार भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।