
धरान,koshipost.com
२३ औं धरानको बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुन क्लबले जितेका छन् । धरानमा सम्पन्न २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको हो ।
उपाधिसँगै एभिनियरले नगद १० लाख रुपैयाँ जितेको छ । धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन जितेका हुन् ।
उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ । पहिलो पटक बुढासुब्बा गोल्डक खेलेको एभिनियरले उपाधी जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।
त्यस्तै, प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए । उनीहरुलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफि प्रदान गरिएको थियो ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । ाइजिङ प्लेयर धरान फुटबल क्लबका १० हजार ।
प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए, राई लाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।